Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री थापाले शपथ बुधबार लिने

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यन्त्री उद्धव थापाले बुधबार बिहान पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।

प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख परशुराम खापुङसमक्ष भोलि बिहान १०ः३० बजे पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको हो ।

थापालाई प्रदेश प्रमुख खापुनले आज मुख्यमन्त्री नियुक्त गरेका हुन् । संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।

सभामुख बाबुराम गौतमलाई राजीनामा गर्न लगाएर बहुमत सदस्यको समर्थनसहित गठबन्धनका तर्फबाट कांग्रेस संसदीय दलका नेता उद्धव थापा मुख्यमन्त्री बनेका हुन् ।

यसअघि असार २१ गते नेपाली कांग्रेस,माओवादी केन्द्र,एकीकृत समाजवादी र जसपाका ४६ सांसद (गठबन्धन) र सभामुख गौतमको समर्थनमा थापा मुख्यमन्त्री बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077