Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अन्ततः चौरपाटी गाउँपालिकाले दियो सात महिनापछि किसानलाई चामल

अछाम । चौरपाटी गाउँपालिकाले किसानहरुलाई चामल वितरण गर्न थालेको छ । सात महिनासम्म किसानबाट कोदो संकलन गरेर पनि चामल नदिएर ठगेको आरोप खेपेको पालिकाले आजबाट चामल वितरण सुरु गरेको हो ।

गत फागुनमै किसानबाट कोदो संकलन गरेको गाउँपालिकाले आर्थिक अभाव भन्दै चामल दिएको थिएन् । तर अनलाइन नेपालले 'चौरपाटी गाउँपालिकाले किसानलाई ठगी गरेको आरोप, ९३ क्विन्टल कोदोको दिएन चामल' शीर्षकमा समाचार प्रकाशित गरेको थियो ।

त्यसपछि सामाजिक सञ्जाल फेसबुक लगायत विभिन्न पार्टीले पालिकाको चर्को विरोध गरेका थिए । नेकपा एमाले चौरपाटी गाउँपालिका कमिटीले पनि ध्यानाकर्षण पत्र नै गाउँपालिकालाई बुझाएको थियो । भने सामाजिक सञ्जालमार्फत पनि गाउँपालिकाविरुद्ध जनताहरु विरोधमा उत्रिएका थिए ।

त्यसपछि दबाबमा परेको गाउँपालिकाले बुधबारबाट गाउँपालिकाका वडा नम्बर १ बाट किसानलाई कोदो बराबरको चामल दिन थालेको हो । लामो समयपछि भएपनि कोदो बराबरको चामल पाएपछि खुशी भएको त्यहाँका किसानहरुले प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077