काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी रहेको छ ।
केन्द्रीय कमिटीको बैठक बस्नु अगाडि माओवादी केन्द्रको पदाधिकारी बैठक पार्टी कार्यालय पेरिस डाँडामा बसिरहेको हो ।
पदाधिकारी बैठकमा केन्द्रीय कमिटीमा पेश गर्ने एजेण्डाहरु पारित गर्ने छ । केहि समयपश्चात स्थायी कमिटी बैठक समेत बस्दैछ ।
पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बस्ने सो बैठकको उद्घाटन गर्ने छन्।