Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • भारतले वेस्ट इण्डिजलाई २०० रनले हरायो, सिरिजमाथि पनि कब्जा

    भारतले वेस्ट इण्डिजलाई २०० रनले हरायो, सिरिजमाथि पनि कब्जा

    अनलाइन नेपाल
  • बुधबार, १७ साउन २०८०
  • 615
    SHARES

    काठमाडौं । वेष्टइन्डिजसँगको एकदिवसीय (ओडीआई) सिरिज भारतले जितेको छ। तेस्रो तथा निर्णायक ओडीआईमा घरेलु टोली वेस्टइन्डिजलाई २ सय रनको फराकिलो अन्तरले हराउँदै भारतले सिरिज जितेको हो।

    भारतले तीन खेलको सिरिज २–१ ले जितेको हो । वेस्टइन्डिजविरुद्ध २००६ देखी यो लगातार १६ औं ओडिआई सिरिज भारतले जितेको हो।



    जितका लागि ३ सय ५२ रनको विशाल विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिज ३५ दशमलव ३ ओभरमा १ सय ५१ रनमा अल आउट भयो ।



    त्यसअघि ब्रायन लारा क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ५१ रन बनाएको थियो ।

    पहिलो खेलमा भारत ५ विकेटले विजयी हुँदा दोस्रो खेलमा ६ विकेटले पराजित भएको थियो। अव यी दुई देशबीच पाँच टी–२० आईको सिरिज हुनेछ। पहिलो खेल बिहीबार हुनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार