Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • आज संसदीय सुनुवाइ समितिमा जवाफ दिँदै परराष्ट्रमन्त्री साउँद

    आज संसदीय सुनुवाइ समितिमा जवाफ दिँदै परराष्ट्रमन्त्री साउँद

    अनलाइन नेपाल
  • बुधबार, १७ साउन २०८०
  • 522
    SHARES

    काठमाडौं । संघीय संसद् अन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठक आज पनि बस्दैछ । प्रस्तावित ६ राजदूतमाथि परेका उजुरीमाथि छलफल गर्न बिहान ११ बजे समितीको कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको हो ।

    आजको बैठकमा परराष्ट्रमन्त्री र ३ जना प्रस्तावित राजदूतलाई बोलाइएको समिति सदस्य ईश्वरी घर्तीले जानकारी दिइन् । हिजो बसेको समितीको बैठकमा राजदुत सिफारिसमा समावेशी नभएको भन्दै प्रश्न उठेको थियो ।



    सांसदहरूले प्रस्तावित राजदूतको सूची समावेशी नभएको भनेर प्रश्न उठाएपछि समितिका ज्येष्ठ सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले परराष्ट्र मन्त्रीलाई बोलाउने निर्णय सुनाएका थिए ।



    बुधबारको बैठकमा समावेशिताको विषयमा परराष्ट्रमन्त्री एनपी साउदले जवाफ दिने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार