Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

केन्द्रीय कमिटी बैठक लाइभ नगर्ने माओवादी केन्द्रको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटी बैठक लाइभ नगर्ने भएको छ ।

केन्द्रीय कमिटीको बैठक बस्नु अगाडि माओवादी केन्द्रको पदाधिकारी बैठकले प्रत्यक्ष प्रशारण नगर्ने निर्णय गरेको हो ।

पदाधिकारी बैठकमा केन्द्रीय कमिटीमा पेश गर्ने एजेण्डाहरु पारित गरेको छ । यस्तै अहिले स्थायी कमिटी बैठक समेत जारी छ ।

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बस्ने सो बैठकको उद्घाटन गर्ने छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077