काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज तीन मन्त्रीको जिम्मेवारी तोक्ने भएका छन् ।
मुख्यमन्त्री थापाले आजै साँझ ५ बजे शपथ लिएपछि तीन मन्त्री नियुक्त गर्न लागेका हुन् ।
जसमा आर्थिक मामिला तथा योजना मन्त्रीमा बाबुराम गौतम, भौतिक पूर्वाधारमा प्रदीपकुमार सुनुवार र खानेपानी सिँचाइ तथा ऊर्जामा प्रदीपकुमार सुनुवारले जिम्मेवारी पाउने भएका छन् ।
गौतम माओवादी, जबेगु नेकपा एस र सुनुवार कांग्रेसबाट मन्त्री नियुक्त भएका हुन् ।