Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सेनामा जागिर लगाउँछु भन्दै झण्डै १५ लाख ठगी, आठजना समातिए

    सेनामा जागिर लगाउँछु भन्दै झण्डै १५ लाख ठगी, आठजना समातिए

    अनलाइन नेपाल
  • बुधबार, १७ साउन २०८०
  • 1.8K
    SHARES

    दार्चुला । नेपाली सेनामा जागीर लगाइदिने भन्दै रकम ठगी गरेको आरोपमा दार्चुलाको महाकाली नगरपालिका–३ बाट ८ जना पक्राउ परेका छन् । सेनामा जागिर लगाई दिने भन्दै सात जनाबाट झण्डै १५ लाख ठगी गरेको आरोपमा दार्चुला प्रहरीले आठ जनालाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा महाकाली नगरपालिका–३ बाँजका २७ वर्षीय नरेन्द्रसिंह महर, २१ वर्षीय ईश्वर महर, ४४ वर्षीय बिशनसिंह नगाल, २७ वर्षीय रमेशसिंह महर, ३० वर्षीय देवसिंह महर र ३८ वर्षीय रुकुम सिंह महर, मालिकार्जुन गाउँपालिका–३ का ५१ वर्षीय श्यामसिंह धामी र कैलालीको गोदावरी नगरपालिका–३ का ३४ वर्षीय शंकर भुल रहेका छन् ।



    जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार उनीहरूले जागिर लगाई दिने भन्दै सात जनाबाट १४ लाख ९५ हजार रुपैयाँ ठगी गरेको खुलेको छ । पक्राउ परेका नरेन्द्रसिंह महरले आफू सेनामा जागिर खाइरहेको र देवीदल गण अत्तरियामा कार्यरत रहेको बताउँदै सेनामा जागिर लगाई दिने आश देखाएर ठगी गरेको अनुसन्धानबाट खुलेको दार्चुला प्रहरीले जनाएको छ ।



    उनीहरूले पीडित सात जनालाई सेनामा सिधै भर्ना गरेर तालिममा समावेश गराउने आश्वासन पनि देखाएका थिए । पक्राउ परेकाहरूको खाता नम्बर र ई–सेवामा रकम आएको पाइएको र उनीहरूमाथि ठगी मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका कार्यालय प्रमुख डिएसपी तर्कराज पाण्डले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार