Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • ललितपुरमा फैलिँदै ‘लम्पी स्किन’, ७२ भैँसी र ११ गाई मरे

    ललितपुरमा फैलिँदै ‘लम्पी स्किन’, ७२ भैँसी र ११ गाई मरे

    अनलाइन नेपाल
  • बिहिबार, १८ साउन २०८०
  • 510
    SHARES

    ललितपुर । ललितपुरमा ‘लम्पी स्किन’ संक्रमण बढ्दो क्रममा देखिएको छ । झिङ्गा, लामखुट्टेका टोकाइबाट पशुमा सर्ने संक्रमण ललितपुरमा फैलिँदै गएको हो ।

    भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ललितपुरका डा. निशा तिमिल्सिनाका अनुसार ललितपुरमा वैशाखदेखि साउन १६ गतेसम्ममा एक हजार ४३१ पशु संक्रमित भएका छन् । संक्रमितमध्ये ७२ भैँसी र ११ गाई मरिसकेका छन् । उनका अनुसार संक्रमण बढ्दो क्रममा रहेको छ ।



    केन्द्रले थप क्षति नहोस् भनेर सजगता अपनाएको जानकारी दिँदै उनले जिल्लाभरमा आठ हजार तीन सय गाईभैँसीलाई ‘लम्पी स्किन’ विरुद्धको खोप लगाइसकेको बताए । गोदावरी नगरपालिकामा मात्र पाँच हजार गाईभैँसीलाई खोप लगाएको छ भने यहाँ संक्रमित संख्या २९६ पुगेको छ ।



    “उपत्यकामा कूल संक्रमित पशुको संख्या १२ हजार ८७३ पगेको छ”, डा। निशाले भने, “गाईभैँसी संक्रमणमुक्त एक हजार १७ छन् भने मर्नेको संख्या १७४ पुगेको छ ।” उपत्यकाभरका १७ हजार ९८८ गाईभैँसीलाई खोप लगाइसकेको उनले बताए । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार