Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • ‘लम्पी स्किन’ रोगलाई महामारी घोषणा गर्न राष्ट्रिय किसान सञ्जालको माग

    ‘लम्पी स्किन’ रोगलाई महामारी घोषणा गर्न राष्ट्रिय किसान सञ्जालको माग

    अनलाइन नेपाल
  • बिहिबार, ११ साउन २०८०
  • 654
    SHARES

    काठमाडौं । गाई-भैँसीलगायत पशुचौपायामा लाग्ने ‘लम्पी स्किन’ रोग थप फैलने जोखिम बढेसँगै महामारी घोषणा गरि पीडितलाई राहत उपलब्ध गराउनुपर्ने माग गरिएको छ ।

    राष्ट्रिय किसान सञ्जालले बिहिबार पत्रकार सम्मेलन गर्दै देशव्यापी रुपमा फैलिएको लम्पी स्किन रोगलाई महामारी घोषणा गर्नुपर्ने माग राख्दै आन्दोलनको घोषणा गरेका हुन् ।



    सञ्जालका संयोजक गणेश तिमिल्सिनाका अनुसार लम्पी स्किन रोगबाट पशुमा धेरै क्षति भएको, पशु बीमाको रकम नपाएको, तरकारी उत्पादक किसानले उचित मूल्य नपाएको, जस्ता विविध कुरालाई सरकारले सम्बोधन गर्नुपर्ने माग गर्दै आन्दोलन घोषणा गरेको हो।



    यस्तै, सञ्जालले कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले खुला प्रतिस्पर्धाविना सटर भाडामा लिएकाहरुसँग नवीकरण गरेको भन्दै बजार विकास समितिको बेथितिको पनि अन्त्य हुनुपर्ने माग गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार