Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • लम्पी स्किन रोग नियन्त्रणमा सरकार मौन रहेको भन्दै बुटवलमा प्रदर्शन

    लम्पी स्किन रोग नियन्त्रणमा सरकार मौन रहेको भन्दै बुटवलमा प्रदर्शन

    अनलाइन नेपाल
  • शुक्रबार, १२ साउन २०८०
  • 915
    SHARES

    काठमाडौं । नेपालमा अहिले गाईभैँसीमा लाग्ने लम्पी स्किन रोग तीव्र गतिमा फैलिएर विकराल भएको परिस्थितिमा पनि सरकार मौन रहेको भन्दै प्रदर्शन गरिएको छ ।

    लम्पी स्किन रोगबाट गाईवस्तु क्षति भएका किसानले राहतको व्यवस्था गर्न माग गर्दै राष्ट्रिय किसान सञ्जालको अगुवाइमा शुक्रवार बुटवलमा प्रदर्शन गरेका हुन् ।



    किसानहरुले लम्पी स्किन रोगलाई महामारी रोग घोषणा गरी रोगका कारण मरेका पशुहरुको क्षतिपूतीको व्यवस्था गरिदिन सरकारसँग माग गरेका छन् ।



    सञ्जालले किसानका समस्याप्रति सरकारको ध्यानाकर्षण गराउन शुक्रवार सातै प्रदेशमा विरोध प्रदर्शन गरेको छ । सरकारले यसप्रति बेवास्ता गरे थप आन्दोलनका कार्यक्रम अगाडि सारिने सञ्जालले जनाएको छ ।

    साथै अखिल नेपाल किसान महासंघ मकवानपुरले पनि बागमती प्रदेशको राजधानी हेटौंडाको मुख्य चोक बुद्ध चोकमा लम्पी स्किन रोगका कारण मरेका पशुहरुको क्षतिपूतीको व्यवस्था गर्न सरकारसँग माग गर्दै दुई घण्टा चक्काजाम गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार