Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • ‘भविष्यमा हुने महामारीसँग जुध्न अन्तर्राष्ट्रिय सन्धि आवश्यक’

    ‘भविष्यमा हुने महामारीसँग जुध्न अन्तर्राष्ट्रिय सन्धि आवश्यक’

    अनलाइन नेपाल
  • मंगलबार, १७ चैत्र २०७७
  • 2.2K
    SHARES

    एजेन्सी। ब्रिटेन,फ्रान्स, जर्मनी लगायतका संसारका २० भन्दा बढी देशका नेताहरूले भविष्यमा हुने विश्वव्यापी महामारीहरूसँग जुध्ने तयारीका लागि एउटा अन्तर्राष्ट्रिय सन्धि गर्न आह्वान गरेका छन् ।

    संसारका विभिन्न समाचारपत्रहरूमा प्रकाशित लेखमा ब्रिटेनका प्रधानमन्त्री बोरिस जोन्सन, फ्रान्सका राष्ट्रपति माक्रोँ, जर्मनीकी चान्सलर एङ्गेला मेर्कलसहितका नेताहरूले कोभिडले दोस्रो विश्वयुद्धयता दुनियाँका सामु सबैभन्दा ठूलो चुनौती खडा गरिदिएको टिप्पणी गरेका छन्।



    उनीहरूका अनुसार यस्तै प्रकृतिको अर्को विश्वव्यापी महामारी होला कि नहोलाभन्दा पनि भविष्यमा कहिले होला भन्ने अवस्थामा छ।



    वर्तमान महामारीले संसारका सबै मानिस सुरक्षित नभएसम्म कोही पनि सुरक्षित रहँदैनन् भन्ने पाठ सिकाएको पनि उनीहरूले उल्लेख गरेका छन्।

    आआफ्ना देशका केही चर्चित समाचारपत्रहरूमा प्रकाशित लेखमा २४ नेताहरूले देशहरूबीच आपसी सहयोगको सहज वातावरण तयार पार्न दोस्रो विश्वयुद्धको समाप्तिपछि भएको जस्तै प्रकारको सन्धि आवश्यक भएको तर्क गरेका छन्।

    अब संसारका देशहरू ‘भविष्यमा हुने महामारीको सटिक अनुमान गर्न, रोकथाम गर्न, पत्ता लगाउन, समीक्षा गर्न र त्यसप्रति प्रभावकारी ढङ्गले उच्चस्तरको संयोजित प्रतिक्रिया जनाउन सक्ने’ अवस्थामा रहनुपर्ने उनीहरूको भनाइ छ। (बिबिसीको सहयोगमा)

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार