Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • विष खुवाएर छोरीको हत्या, आमालाई तीन वर्ष कैद र ३० हजार जरिवाना

    विष खुवाएर छोरीको हत्या, आमालाई तीन वर्ष कैद र ३० हजार जरिवाना

    अनलाइन नेपाल
  • बिहिबार, १८ साउन २०८०
  • 1.2K
    SHARES

    तनहुँ । तनहुँ जिल्ला अदालतले छोरीलाई विष खुवाइ हत्या गरेको अभियोगमा एक अभियुक्तलाई तीन वर्ष कैद फैसला सुनाएको छ।

    अदालतले पोखरा महानगरपालिका–२४ कास्कीकोटकी २९ वर्षीया सुष्मा विकलाई तीन वर्ष कैद र ३० हजार जरिवाना सजायको फैसला सुनाएको हो।



    जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको बुधबारको इजलासले उक्त फैसला गरेको जिल्ला अदालत तनहुँले जनाएको छ ।



    सुष्माले विसं २०७७ माघ १९ गते दिउँसो तनहुँको आँबुखैरेनी गाउँपालिका–२ खानीखोलास्थित न्यू लिगलिग प्यालेस एण्ड लजमा बास बस्ने क्रममा छोरीलाई विष खुवाएर आफूले समेत विष सेवन गरेको अवस्थामा होटल सञ्चालकले फेला पारेका थिए ।

    उक्त घटनामा छोरी कुसुम विकको सोही दिन मृत्यु भएको थियो। सुष्माको भने उपचारपश्चात् निको भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार