Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • पल-गायिका प्रकरण:

    पल शाहमाथि आज अन्तिम पटक ५ दिनको म्याद थप हुँदै

    पल शाहमाथि आज अन्तिम पटक ५ दिनको म्याद थप हुँदै

    अनलाइन नेपाल
  • शुक्रबार, ४ चैत्र २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    दमौली । बाल गायिकामाथि जबरजस्ती करणी (बलात्कार) गरेको अभियोगमा प्रहरी हिरासतमा रहेका अभिनेता पल शाह (पूर्ण बिक्रम)माथि दोस्रोपटक लिइएको १२ दिनको समय आज शुक्रबार सकिँदै छ ।

    यसअघि जिल्ला अदालत तनहुँले दोस्रोपटक फागुन २२ गते १२ दिनको समय दिएर शाहमाथि अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय तनहुँलाई अनुमति दिएको थियो।तर, सोही समयमा नवलपुरमा दर्ता भएको अर्को बलात्कारको मुद्दामा अनुसन्धानका लागि फागुन २४ गते शाहलाई नवलपुर लगिएपछि अनुसन्धानको बाँकी काम गर्न नसकेको प्रहरीले जनाएको छ ।  जसकारण शाहमाथिको अनुसन्धान अझै नसकिएकाले आज पुन म्याद थपको अनुमति लिइने तनहुँ प्रहरीका एक उच्च अधिकारीले अनलाइन नेपाललाई बताए।



    तनहुँ जिल्ला सरकारी वकिल कार्यालय स्रोतका अनुसार हालसम्म अनुसन्धानको लागि १९ दिनको समय लिइसकेको कारण अझै ६ दिन अनुसन्धानका लागि न्यायिक हिरासतमा राख्न पाइन्छ ।



    यद्यपि जिल्ला सरकारी वकिल कार्यालयले भने थप अनुसन्धानका लागि ५ दिनको समय माग गर्न लागिएको बताएको छ । यदि अदालतले ५ दिनको समय दिएको अवस्थामा यो नै अन्तिमपटक म्याद थप हुनेछ । त्यसपछि अदालतमा अभियोग दर्ता भई थुनछेक बहस हुने जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ ।

    यता, जिल्ला सरकारी वकिल कार्यालय,नवलपुर स्रोतका अनुसार थप समय राखेर अनुसन्धान गर्दा तनहुँमा दर्ता भएको पलविरुद्धको मुद्दा प्रभावित हुने भएकाले तत्कालका लागि आवश्यक अनुसन्धान सकेर तनहुँ पठाइएको हो ।

    उता शाहविरुद्ध बिहिबार नै नवलपुर जिल्ला अदालतमा मुद्दा दायर भइ सकेको छ । जिल्ला सरकारी वकिलको कार्यालय नवलपुरले जिल्ला अदालत नवलपुरमा दायर गरेको अभियोगपत्रमा शाहविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १ र २ अनुसारको कसूर गरेको दावी गर्दै सोही दफाको ३ को (ग) अनुसार सजाय माग गरिएको छ । उक्त दफा अनुसार १४ देखि १६ वर्षसम्मकी बालिका बलात्कार गरेकामा १२ देखि १४ वर्ष सजाय हुने उल्लेख छ ।

    पीडित नाबालिकाले प्रहरी समक्ष दिएको बयानमा पल शाहले आफूलाई ललाइ फकाइ गरी एकै रातमा २ पटकसम्म जबर्जस्ती करणी गरेको बताएकी छिन् । गैडाकोट रिसोर्टको कोठा नम्बर १०२ मा आफू सुतेको बेला अन्दाजी राती ११ बजेतिर पल शाह भन्ने पुण्य विक्रम शाहले म्यासेज गरेर आफू आउन लागेको ढोका खुला राख्न भनेको समेत उनले बयानमा बताएकी छिन् ।

    आफूलाई माया गर्ने र विवाह समेत गर्छु भन्दै राती २ पटकसम्म यौन सम्बन्ध राखेको ती किशोरीको बयानमा उल्लेख छ । यता पल शाहले भने आफू पीडित बालिका सुतेको कोठामा गएको स्वीकारे पनि करणी गरेको भने अस्वीकार गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार