Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • पल शाह प्रकरण :

    एकै रात मलाई २ पटक बलात्कार गरे : पीडित बालिका, उनी सुतेको कोठामा गएको हो, बलात्कार गरेको छैन : पल शाह (दुबैको बयान सहित)

    एकै रात मलाई २ पटक बलात्कार गरे : पीडित बालिका, उनी सुतेको कोठामा गएको हो, बलात्कार गरेको छैन : पल शाह (दुबैको बयान सहित)

    कुमार भण्डारी
  • बिहिबार, ३ चैत्र २०७८
  • 2.6K
    SHARES

    काठमाडौं । एक चर्चित गायिका एबं मोडल नाबालिकामाथि जवर्जस्ती करणी गरेको अभियोगमा चलचित्र अभिनेता पल शाह भनिने पुण्य विक्रम शाहविरुद्ध नवलपुर जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

    जिल्ला सरकारी वकिलको कार्यालय नवलपुरले उनीमाथि मुद्दा दायर गरेको हो । विहिबार सरकारी वकिल कार्यालयले जिल्ला अदालत नवलपुरमा दायर गरेको अभियोगपत्रमा शाहविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १ र २ अनुसारको कसूर गरेको दावी गर्दै सोही दफाको ३ को (ग) अनुसार सजाय माग गरिएको छ ।



    उक्त दफा अनुसार १४ देखि १६ वर्षसम्मकी बालिका बलात्कार गरेकामा १२ देखि १४ वर्ष सजाय हुने उल्लेख छ ।



    पीडित नाबालिकाले प्रहरी समक्ष दिएको बयानमा पल शाहले आफूलाई ललाइ फकाइ गरी एकै रातमा २ पटकसम्म जबर्जस्ती करणी गरेको बताएकी छिन् । गैडाकोट रिसोर्टको कोठा नम्बर १०२ मा आफू सुतेको बेला अन्दाजी राती ११ बजेतिर पल शाह भन्ने पुण्य विक्रम शाहले म्यासेज गरेर आफू आउन लागेको ढोका खुला राख्न भनेको समेत उनले बयानमा बताएकी छिन् ।

    आफूलाई माया गर्ने र विवाह समेत गर्छु भन्दै राती २ पटकसम्म यौन सम्बन्ध राखेको ती किशोरीको बयानमा उल्लेख छ ।

    यता पल शाहले भने आफू पीडित बालिका सुतेको कोठामा गएको स्वीकारे पनि करणी गरेको भने अस्वीकार गरेका छन् । अघिल्लो रात ती बालिकालाई डर लागेको भन्ने थाहा पाएकाले पछिल्लो रात उनलाई हेर्नका लागि आफू ती बालिका सुतेको कोठामा गएको तर, एकैछिनमा फर्केर आफ्नै कोठामा आई सुतेको बयान दिएका छन् ।

    यस्तो छ पीडित बालिकाको बयान

     

    यस्तो छ पल शाहको बयान

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार