Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • १४ वर्ष कैद सजाय माग गर्दै तनहुँ अदालतमा पल शाहविरुद्ध मुद्दा दायर

    १४ वर्ष कैद सजाय माग गर्दै तनहुँ अदालतमा पल शाहविरुद्ध मुद्दा दायर

    अनलाइन नेपाल
  • मंगलबार, ८ चैत्र २०७८
  • 1.6K
    SHARES

    काठमाडौं । एक नाबालिकामाथि करणी गरेको आरोपमा अभिनेता पल शाहविरुद्ध आज तनहुँ जिल्ला अदालतमा जबर्जस्ती करणीको मुद्दा दर्ता गरिएको छ ।

    नाबालिग गायिकाको तर्फबाट परेको जाहेरीका आधारमा शाहमाथि तनहुँ जिल्ला अदालतमा दोस्रो मुद्दा दायर भएको हो । यसअघि शाहविरुद्ध पूर्वी नवलपरासी जिल्ला अदालतमा बलात्कारको अभियोग पत्र दर्ता भइसकेको छ ।



    तनहुँ जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा अभियोग पत्र दर्ता गराएको हो । अभियोग पत्रमा बलात्कारको घटना हुँदा पीडितको उमेर १६ वर्षभन्दा कम भएकाले कानून अनुसार १२ देखि १४ वर्षको जेल सजाय माग गरिएको छ । यस्तै, शाहका सहयोगी कृष्ण जोशीलाई पल शाहको भन्दा आधा जेल सजायको माग अभियोग पत्रमा गरिएको छ ।



    शाहविरुद्ध यसअघि पीडित भनिएकी नाबालिगले दुवै जिल्लामा शाहविरुद्ध जाहेरी दिएकी थिइन् । तनहुँ जिल्ला अदालतमा थुनछेकको बहसपछि मात्र शाहको पूर्वी नवलपरासीको मुद्धाको प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको छ ।

    पूर्वी नवलपरासी जिल्ला सरकारी वकिल कार्यालयले पनि शाहविरुद्ध १२ देखि १४ वर्षसम्म कैद सजाय माग गर्दै अभियोग दर्ता गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार