Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • पल शाह प्रकरणमा वाइबा पक्राउ

    पल शाह प्रकरणमा वाइबा पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ६ चैत्र २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । साइबर ब्यूरोले यूट्युव च्यानलमार्फत चरित्र हत्या गरेको आरोपमा एक किशोरीलाई पक्राउ गरेको छ । ब्यूरोले यूट्युव च्यानलमार्फत चरित्र हत्या गर्ने उद्देश्यले भ्रामक तथा अनर्गल बक्तब्यबाजी गरेको आरोपमा तारकेश्वर नगरपालिका–१० बस्ने भरौला गाविस–३ सुनसरीकी शर्मिला वाइबालाई पक्राउ गरेको हो ।

    वाइबाले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत कसुर गरेकोले जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिई इलाका प्रहरी कार्यालय खैरहनी चितवनको सहयोगमा शुक्रबार चितवनबाट पक्राउ गरिएको जनाएको छ । प्रहरीले वाइबामाथि सात दिन म्याद थप गरी अनुसन्धन भइरहेको जनाएको छ ।



    वाइबाले पल शाह प्रकरणमा नायिका रेखा थापाविरुद्ध समाजिक सञ्जालहरुबाट चरित्रहत्या हुनेगरी अभिव्यक्ति दिएकी थिइन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार