Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • पल शाहविरुद्धको अनुसन्धान सकेर सरकारी वकिललाई फाइल बुझायो तनहुँ प्रहरीले

    पल शाहविरुद्धको अनुसन्धान सकेर सरकारी वकिललाई फाइल बुझायो तनहुँ प्रहरीले

    अनलाइन नेपाल
  • सोमबार, ७ चैत्र २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । जिल्ला प्रहरी कार्यालय तनहुँले अभिनेता पल शाहविरुद्धको अनुसन्धान सकेर रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय, तनहुँमा बुझाइएको छ ।

    नाबालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका शाह अहिले तनहुँ प्रहरीको हिरासतमा छन् ।



    तनहुँ प्रहरीले २१ दिन लामो अनुसन्धान सकेर सरकारी वकिल कार्यालयलाई प्रतिवेदन पेस गरेको हो ।



    यसअघि जिल्ला प्रहरी कार्यालय, पूर्वी नवलपरासीले पनि शाहमाथि गरेको अनुसन्धान सकेर अदालतमा मुद्दा दायर गरिसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार