Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नाबालिग गायिका जबरजस्तीकरणी प्रकरण

    जिल्ला अदालत तनहुँको थुनछेक आदेशविरुद्ध पल शाह उच्च अदालत जाँदै

    जिल्ला अदालत तनहुँको थुनछेक आदेशविरुद्ध पल शाह उच्च अदालत जाँदै

    अनलाइन नेपाल
  • मंगलबार, १५ चैत्र २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पल शाह जिल्ला अदालत तनहुँको थुनछेक आदेशविरुद्ध पुनरावेदनका लागि आज उच्च अदालत पोखरा जाने भएका छन् ।

    जिल्ला अदालतको आदेश चित्त बुझ्दो नभएकाले उनले आज उच्च अदालत पोखरामा पुनरावेदन दिन लागेका हुन् ।



    पलका पक्षका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले सोमबार नै उच्च अदालत जाने तयारी रहेको जानकारी दिए । तर समय अभावका कारण सोमबार जान नसकेको उनले बताए । आज उच्च अदालत पोखरा पुगेर पुनरावेदन निवेदन दिन लागेको उनको भनाई छ ।



    पललाई तारेख वा धरौटीमा छाडेर मुद्दा पुर्पक्ष गरियोस् भनेर माग राखे पनि अदालतले थुनामा पठाएकाले पुनरावेदन दिन लागेको उनले जानकारी दिए ।

    नाबालिग गायिकालाई जबरजस्तीकरणी गरेको मुद्दामा नायक पल शाह जिल्ला अदालत तनहुँलेचैत्र १० गते पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार