Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • पल शाहविरूद्धको बलात्कार मुद्दामा गरेको फैसला कार्यान्वयन नहुने, सुनुवाइ गर्दै सर्वोच्च

    पल शाहविरूद्धको बलात्कार मुद्दामा गरेको फैसला कार्यान्वयन नहुने, सुनुवाइ गर्दै सर्वोच्च

    अनलाइन नेपाल
  • शनिबार, ३० मंसिर २०८०
  • 804
    SHARES

    काठमाडौं । उच्च अदालत पोखराले नायक पल शाहको मुद्दामा गरेको फैसला कार्यान्वयन नहुने भएको छ । पलको फैसला दोहोर्‍याउन सर्वोच्च अदालतले निस्सा प्रदान गरेपछि उच्च अदालत पोखराले गरेको फैसला कार्यान्वयन नहुने भएको हो ।

    उच्च अदालतका तत्कालीन कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले पल शाहलाई सफाइ दिएको थियो।



    उक्त फैसलाविरूद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा दोहोर्‍याएर हेरि पाउँ भन्दै निवेदन दिएको थियो । उक्त निवेदनमा मंसिर २२ गते सुनुवाइ गर्दै न्यायाधीश सुष्मालता माथेमा र हरि फुयाँलको इजलासले उच्च अदालतको फैसला दोहोर्‍याएर हेर्न अनुमति दिएको हो।



    उच्च अदालत पोखराले अब सुनुवाइ दोहोर्‍उँदै पुन: फैसला गर्नु पर्नेछ । शाहलाई बाल यौन दुरूपयोगमा २ वर्ष ६ महिना कैद सजाय, २५ हजार जरिवाना र पीडितलाई १० लाख क्षतिपूर्ति दिनुपर्ने पनि फैसला नवलपुर अदालतले गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार