Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • पल शाहको प्रश्न – निधारमा ‘बलात्कारी हुँ’ लेखेर देश छाडौँ कि आत्मदाह गरौँ ?

    पल शाहको प्रश्न – निधारमा ‘बलात्कारी हुँ’ लेखेर देश छाडौँ कि आत्मदाह गरौँ ?

    अनलाइन नेपाल
  • सोमबार, २५ असार २०८०
  • 3.5K
    SHARES

    काठमाडौं । अभिनेता पल शाहले आफूमाथि अझै बलात्कारीको आरोप लाग्ने गरेकोप्रति असन्तुष्टि पोखेका छन् ।

    एक टेलिभिजन अन्तर्वार्तालाई लिएर फेरि उनको बारेमा विभिन्न टिकाटिप्पणी हुन थालेपछि पलले आफूले कानुन अनुसार सफाइ पाइसकेपछि पनि विभिन्न आरोपहरू खेपिरहेको गुनासो गरेका हुन् ।



    सोमबार राति फेसबुकबाट उनले भनेका छन्, ‘मेरो पनि एउटा परिवार छ । परिवारभित्र आमा, बाबा, बहिनी, इष्टमित्रहरू पनि छन् । उनीहरूमा के बित्छ होला जहिल्यै बलात्कारीको ट्याग दिँदा रु कहिल्यै सोच्नुभएको छ परिवारमा पर्ने आघातका बारेमा ?’



    उनले अदालतबाट ‘सफाइ’ पाइसकेपछि पनि निधारमा ‘म बलात्कारी हुँ’ लेखेर हिँडौ भनेर प्रश्न गरेका छन् । यस्तै उनले लेखेका छन् ‘एक बर्षे कारागार बसॉईमा मैले पाएका दुखलाई आशुले छिपिक्क भिजाएको छु । पिडाको पहाड छ । तर ती सबै भुलेर मैले कसैको अपमान नगरी, कसैको नाम समेत उच्चारण नगरी दुखलाई खुसी मुद्रामा साट्दा तपॉईहरुमा परेको असर प्रति क्षमा चाहन्छु ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार