Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • बलात्कारलाई मजाक बनाएको आलोचनापछि युट्युवबाट हट्यो ‘ह्वाट द फ्लप’को श्रृखला

    बलात्कारलाई मजाक बनाएको आलोचनापछि युट्युवबाट हट्यो ‘ह्वाट द फ्लप’को श्रृखला

    अनलाइन नेपाल
  • सोमबार, २५ असार २०८०
  • 1K
    SHARES

    काठमाडौं । बलात्कारको विषय मजाक बनाएको भन्दै आलोचना भएको टेलिभिजन कार्यक्रम ‘ह्वाट द फ्लप’ युट्युबबाट हटाइएको छ ।

    प्रसारण संस्था कान्तिपुर टेलिभिजनले सोमबार साँझ सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै उक्त कन्टेन्ट युट्युवबाट फिर्ता लिएको जानकारी गराएको हो ।



    कान्तिपुरले सामाजिक सञ्जालमा लेखेको छ ‘गत शनिबार प्रसारित ‘ह्वाट द फ्लप’मा छानिएका पात्र र गरिएको संवादबारे जनस्तरबाट प्राप्त प्रतिक्रियालाई कान्तिपुर टेलिभिजनले सम्मान गर्दछ । महिलाको प्रतिष्ठा र सम्मान कान्तिपुरको आधारभूत प्रतिबद्धताको साथै एजेन्डा पनि हो । त्यसैले यो कार्यक्रमको कन्टेन्ट युट्युबबाट फिर्ता गरिएको छ ।’



    नाबालिग बलात्कारको आरोपमा जिल्ला र उच्च अदालतबाट सफाइ पाएका अभिनेता पल शाहलाई कार्यक्रममा निम्ता गरेपछि हास्य कलाकार तथा टेलिभिजन प्रस्तोता सन्दीप क्षेत्रीको व्यापक आलोचना भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार