Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कांग्रेस नेता कोइरालाको प्रश्न - सुनकाण्डबारे प्रधानमन्त्री किन बोल्दैनन्, कतै प्रचण्डकै संलग्नता त छैन ?

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सुनकाण्डमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै समेत संलग्नता हुनसक्ने आशंका व्यक्त गरेका छन् ।

बिहीबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै नेता कोइरालाले यस्तो आशंका व्यक्त गरेका हुन् ।

नेता कोइरालाले भने,'सुन काण्डको अनुसन्धानमा सीआईबीलाई सहभागी गराइएको छैन। राजश्व अनुसन्धान विभागले मात्रै अनुसन्धान गरिरहेको छ। सुन बरामद हुनु साताअघि भन्सार विभागको डीजी प्रधानमन्त्रीको पीए हुनुले थप आशंका उब्जिएको छ।'

बरामद सुनको अनुसन्धानमा सीआईबीलाई संलग्नता नगराइनु,राजश्व अनुसन्धान विभागलाई मात्रै जिम्मा दिइनु र सुन बरामद हुनु साताअधि भन्सार कार्यालयको महानिर्देशक नवराज ढुंगाना प्रचण्डको पीए हुनुले थप आशंका उब्जिएको उनको भनाइ छ।

राजस्व अनुसन्धान विभागको महानिर्देशकमा हाल ढुंगाना महानिर्देशक छन् । उनी त्यहाँ सरुवा हुनुभन्दा अघि प्रधानमन्त्रीको निजी सचिवका रुपमा कार्यरत थिए ।

सुन तस्करी प्रकरणमा प्रधानमन्त्री प्रचण्डले स्पष्ट जवाफ नदिएको उनको भनाई छ । नेता कोइरालाले सुन तस्करी प्रकरणमा स्पष्ट जवाफ नदिएकाले प्रधानमन्त्रीकै संलग्नता हुनसक्ने आशंका व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077