Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सुनकाण्डको छानबिन गर्न उच्चस्तरीय समिति आवश्यक छैन : सञ्चारमन्त्री शर्मा

    सुनकाण्डको छानबिन गर्न उच्चस्तरीय समिति आवश्यक छैन : सञ्चारमन्त्री शर्मा

    अनलाइन नेपाल
  • बिहिबार, १८ साउन २०८०
  • 546
    SHARES

    काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले सुन तस्करी प्रकरणमा अर्को समिति आवश्यक नभएको बताएकी छन् ।

    मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता शर्माले यस्तो बताएकी हुन् ।



    उनले सुन तस्करी प्रकरणको छानबिन राजस्व अनुसन्धान विभागमार्फत नै प्रभावकारी भइरहेको भन्दै अर्को समिति आवश्यक नभएको बताईन् ।



    मन्त्री शर्माले भनिन्, ‘तस्करीको रुटकजमा पुग्छौं भन्ने कमिटमेन्टसहित राजनीतिक नेतृत्व लागिरहेको बेला अर्को समिति बनाउने, विषयवस्तु डाइभर्ट गर्ने कुराले अनुसन्धान प्रक्रियामा पनि प्रभाव पार्छ ।’

    सरकारकी प्रवक्ता शर्माले यो प्रकरण अनुसन्धानका लागि अर्को समिति बनाउँदा भइरहेको अनुसन्धान पनि प्रभावित हुने बताइन् ।

    त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको एक क्विन्टल सुन तस्करी प्रकरण अनुसन्धानका लागि नेकपा एमालेले उच्चस्तरीय छानबिन समिति गठनको माग गरिरहेको छ ।

    उसले सरकारी अनुसन्धानमा शंका रहेको भन्दै उच्चस्तरीय छानबिन समिति गठन गर्न माग राखेर संसद बैठक अवरुद्ध गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार