Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • सञ्चार मन्त्रालय नै भ्रष्टाचारको अखडा रहेको मन्त्री शर्माको खुलासा

    सञ्चार मन्त्रालय नै भ्रष्टाचारको अखडा रहेको मन्त्री शर्माको खुलासा

    अनलाइन नेपाल
  • आइतबार, २५ चैत्र २०८०
  • 741
    SHARES

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चार मन्त्रालय भ्रष्टाचारको अखाडा रहेको बताएकी छिन् ।

    प्रेस सेन्टरको पदाधिकारी बैठकलाई सम्बोधन गर्दै सञ्चारमन्त्री शर्माले यस्तो बताएकी हुन् ।



    सञ्चारमन्त्री शर्माले भनिन्,’सञ्चार मन्त्रालय आम सञ्चार क्षेत्रको मन्त्रालय हो यसमा धेरै निकाय रहेका छन्, थुप्रै ठाउँमा अनियमितता भएको पाएको छु ।’



    धेरै माथि मुद्दा चलाइएको भन्दै सञ्चारमन्त्री शर्माले सञ्चार मन्त्रालय सुशासनको क्षेत्रमा कठोर भएर अगाडि बढेको बताइन् ।

    उनले सुशासनको लागि आफू लागिपरेको भन्दै आम सञ्चारको क्षेत्रमा थुप्रै नीतिगत काम गरेको बताइन् ।

    मिडिया काउन्सिल विधेयक पेस भएको बताउँदै उनले रेडियो नेपाल र नेपाल टेलिभिजन गाभ्ने गरी प्रसारण ऐन बनाउने काम भइरहेको बताइन् ।

    सामाजिक सञ्जालको नियमन गर्ने नीति बनाउने काम भइरहेको बताउँदै सञ्चारमन्त्री शर्माले आम सञ्चार ऐन कानुन मन्त्रालयमा गएको र त्यहाँबाट मन्त्रिपरिषद्मा पेस गर्ने जानकारी दिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार