Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • गृहमन्त्री लामिछानेका विषयमा तत्काल छानबिन समिति आवश्यक छैन : सञ्चारमन्त्री शर्मा

    गृहमन्त्री लामिछानेका विषयमा तत्काल छानबिन समिति आवश्यक छैन : सञ्चारमन्त्री शर्मा

    अनलाइन नेपाल
  • बिहिबार, २२ चैत्र २०८०
  • 504
    SHARES

    काठमाडौं । सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सहकारी ठगीमा मुछिएका गृहमन्त्री रवि लामिछानेको विषयमा अनुसन्धान गर्न संसदीय छानबिन समिति आवश्यक नरहेको बताएकी छन् ।

    मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्दै सञ्चारमन्त्री शर्माले यस्तो बताएकी हुन् । कांग्रेसले सरकारलाई संसदीय छानबिन समिति बनाउने अल्टिमेटम दिइरहेका बेला सरकारले त्यस्तो स्थिति नदेखिएको सञ्चारमन्त्री शर्माले बताईन् ।



    सञ्चारमन्त्री शर्माले सहकारी ठगीका विषयमा गृहमन्त्री लामिछानेका विषयमा यथेष्ट प्रमाण नभेटिएको बताइन्।



    सञ्चारमन्त्री शर्माले भनिन्,’कांग्रेसले उठाएको मागमा प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री स्यवंले पनि व्यक्तव्य दिइसक्नुभएको छ। संसदीय समिति बनाएरै छानबिन गर्ने स्थिति देखिएको छैन।’

    सहकारी ठगीका विषयमा कांग्रेसले संसदीय छानबिन समितिको माग गर्दै निरन्तर संसद अवरोध गर्दै आएको छ।

    कांग्रेसले गृहमन्त्री लामिछानेलाई कुनै पनि हालतमा रोस्टममा जान नदिने अडान लिएको छ।

    जबर्जस्ती गरिए निम्तिने परिस्थितिको भागिदार सरकार नै हुने कांग्रेसले बताउँदै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार