Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • माओवादी केन्द्रका कारण गठबन्धन तलमाथि हुँदैन : सञ्चारमन्त्री शर्मा

    माओवादी केन्द्रका कारण गठबन्धन तलमाथि हुँदैन : सञ्चारमन्त्री शर्मा

    अनलाइन नेपाल
  • शुक्रबार, १८ फाल्गुन २०८०
  • 585
    SHARES

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सत्तारुढ माओवादी केन्द्रका कारण गठबन्धन तलमाथि नहुने बताएकी छन्।

    शुक्रबार प्रतिनिधिसभा बैठकपछि बोल्दै सञ्चारमन्त्री शर्माले आफूहरुको कारणले गठबन्धन तलमाथि नहुने बताएकी हुन् ।



    उनले माओवादी केन्द्रभित्र पार्टीले राष्ट्रियसभाको अध्यक्ष पाउनुपर्ने विषय उठेको भन्दै यसमा गठबन्धनले सहयोग गर्नुपर्ने बताइन् ।



    सञ्चारमन्त्री शर्माले माओवादी केन्द्र राष्ट्रियसभाको सबैभन्दा ठूलो दल बनेको भन्दै अध्यक्षमा दाबी गर्नु अन्यथा नभएको बताइन् ।

    उनले माओवादीको राष्ट्रियसभा अध्यक्ष उम्मेदवार हुँदा गठबन्धनले सहयोग गर्दा हुने बताइन्।

    सञ्चारमन्त्री शर्माले अहिलेको अवस्थामा गठबन्धनमा कुनै खटपट नआएको बताइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार