Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • गृहमन्त्रीबारे अहिले नै संसदीय छानबिन आवश्यक छैन : सञ्चारमन्त्री शर्मा

    गृहमन्त्रीबारे अहिले नै संसदीय छानबिन आवश्यक छैन : सञ्चारमन्त्री शर्मा

    अनलाइन नेपाल
  • शुक्रबार, ९ चैत्र २०८०
  • 339
    SHARES

    काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेमाथि अहिले नै संसदीय छानबिन आवश्यक नभएको बताएकी छिन्।

    मन्त्रिपरिषद्‌का निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री शर्माले यस्तो बताएकी हुन् । सञ्चारमन्त्री शर्माले भविष्यमा यथेष्ट प्रमाण जुटेमा जतिसुकै शक्तिशाली भए पनि कारबाहीको दायरामा आउने दावी गरिन् ।



    उनले राजनीतिक पूर्वाग्रहको आधारमा गृहमन्त्री माथि सहकारी ठगीको विषय उचालिएको दावी गरिन् ।



    सञ्चारमन्त्री शर्माले भनिन्,‘सहकारी ठगीको विषय संसद्‌मा उठिरहेको छ, गृहमन्त्रीलाई जोडेर प्रमुख प्रतिपक्षी दलले उठाइ राखेको छ । यसबारे प्रधानमन्त्रीले संसद्‌मा जवाफ दिइसक्नु भएको छ। संसदीय समिति बन्नै सक्दैन भन्ने होइन । तर, राजनीतिक आग्रहको आधारमा उठाइनु हुन्न भन्ने सरकारको धारणा हो । अहिले संसदीय छानबिन समिति आवश्यक छैन ।’

    नेपाली कांग्रेसले सहकारी ठगीमा रविको संलग्नताको पर्याप्त आधार रहेको भन्दै संसदीय छानबिन समिति माग गर्दै संसद् अवरुद्ध गर्ने चेतावनी दिइसकेको छ ।

    प्रधानमन्त्री प्रचण्डले सहकारी ठगीमा रविको संलग्नताको प्रमाण नरहेको संसदमा बताएका थिए । प्रचण्डको जवाफप्रति असन्तुष्ट कांग्रेसले संसदीय छानबिनको माग उठाइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार