Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • आमसञ्चार र सामाजिक सञ्जाल विधेयक छिट्टै पारित गर्छौं : सञ्चारमन्त्री शर्मा

    आमसञ्चार र सामाजिक सञ्जाल विधेयक छिट्टै पारित गर्छौं : सञ्चारमन्त्री शर्मा

    अनलाइन नेपाल
  • शुक्रबार, ३० चैत्र २०८०
  • 207
    SHARES

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चार विधेयक र सामाजिक सञ्जाल विधेयक सङ्घीय संसदबाट छिट्टै पारित गरिने बताएकी छन् ।

    नेपाल पत्रकार महासङ्घ काठमाडौं शाखाको आज भएको १२औँ अधिवेशनका अवसरमा बोल्दै सञ्चारमन्त्री शर्माले यस्तो बताएकी हुन् ।



    उनले सञ्चार क्षेत्रलाई व्यवस्थित, मर्यादित र समयानुकूल बनाउन ती विधेयक जरुरी रहेको उल्लेख गरिन् ।



    ती दुवै विधेयक सङ्घीय सङ्सदमा पेश गर्ने अन्तिम तयारीमा रहेको उनले बताइन् ।

    सञ्चारमन्त्री शर्माले लोककल्याणकारी विज्ञापनलाई थप व्यवस्थित बनाउँदै स्वरोजगार तथा साना लगानीका सञ्चारमाध्यमलाई सहुलियत दिन सरकार सकारात्मक रहेको बताइन् ।

    मन्त्री शर्माले अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सरकार रहेको स्पष्ट पारिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार