Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अब बच्‍चाले दैनिक २ घण्टा मात्रै मोबाइल चलाउन पाउने

एजेन्सी । चीन सरकारले बालबालिकालाई लामो समयसम्म स्मार्टफोनको प्रयोग गर्न रोक लगाउने नियम बनाएको छ । चिनियाँ इन्टरनेट नियामक निकायले साइबरस्पेस एडमिनिस्ट्रेशन अफ चाइना (सीएसी) ले बुधबार आफ्नो साइटमा यस सम्बन्धमा मस्यौदा सार्वजनिक गरेको हो ।

बालबालिकामा मोबाइलको लत बढेको भन्दै चीनले यस्तो निर्णय लिएको बताइएको छ । मस्यौदाअनुसार नाबालिगले राति १० बजेदेखि बिहान ६ बजेसम्म मोबाइलमा इन्टरनेट चलाउन पाउने छैनन् ।

नयाँ नियममा आठ वर्षमुनिका बालबालिकालाई ४० मिनेट मात्र स्मार्टफोन चलाउन दिइनेछ।​ ८ देखि १५ वर्ष उमेर समूहका बालबालिकालाई दैनिक एक घण्टा मात्र स्मार्टफोन प्रयोग गर्न दिइनेछ। ​त्यसैगरी १६ देखि १८ वर्षका किशोरकिशोरीले दिनमा दुई घण्टा मात्र इन्टरनेट चलाउन पाउनेछन्।

नाबालिगहरूको शारीरिक र मानसिक विकासका लागि उपयुक्त ठानेका एप्स र प्लाटफर्महरू जस्ता केही सेवालाई यसमा छुट दिइनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077