Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • अब बच्‍चाले दैनिक २ घण्टा मात्रै मोबाइल चलाउन पाउने

    अब बच्‍चाले दैनिक २ घण्टा मात्रै मोबाइल चलाउन पाउने

    अनलाइन नेपाल
  • बिहिबार, १८ साउन २०८०
  • 696
    SHARES

    एजेन्सी । चीन सरकारले बालबालिकालाई लामो समयसम्म स्मार्टफोनको प्रयोग गर्न रोक लगाउने नियम बनाएको छ । चिनियाँ इन्टरनेट नियामक निकायले साइबरस्पेस एडमिनिस्ट्रेशन अफ चाइना (सीएसी) ले बुधबार आफ्नो साइटमा यस सम्बन्धमा मस्यौदा सार्वजनिक गरेको हो ।

    बालबालिकामा मोबाइलको लत बढेको भन्दै चीनले यस्तो निर्णय लिएको बताइएको छ । मस्यौदाअनुसार नाबालिगले राति १० बजेदेखि बिहान ६ बजेसम्म मोबाइलमा इन्टरनेट चलाउन पाउने छैनन् ।



    नयाँ नियममा आठ वर्षमुनिका बालबालिकालाई ४० मिनेट मात्र स्मार्टफोन चलाउन दिइनेछ।​ ८ देखि १५ वर्ष उमेर समूहका बालबालिकालाई दैनिक एक घण्टा मात्र स्मार्टफोन प्रयोग गर्न दिइनेछ। ​त्यसैगरी १६ देखि १८ वर्षका किशोरकिशोरीले दिनमा दुई घण्टा मात्र इन्टरनेट चलाउन पाउनेछन्।



    नाबालिगहरूको शारीरिक र मानसिक विकासका लागि उपयुक्त ठानेका एप्स र प्लाटफर्महरू जस्ता केही सेवालाई यसमा छुट दिइनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार