Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रास्वपाले बझाङका संयोजकको निलम्बन फुकुवा गर्‍यो, कुनै दोष नदेखिएको निष्कर्ष

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बझाङ जिल्ला संयोजक नगेन्द्र खड्कामाथिको निलम्बन फुकुवा गरेको छ ।

बिहीबार बसेको केन्द्रीय समिति बैठकले खड्कामाथिको निलम्बन फुकुवा गरी पदमा पुनः बहाल गर्ने निर्णय गरेको हो ।

यसअघि गत साउन ९ गते खड्काले पत्रकारलाई अपहरण गरी बन्दी बनाई कुटपिट गरेको आरोपमा निलम्बन गरेको थियो । तर, रास्वपा बैठकले उनको कुनै दोष नरहेको निष्कर्ष निकालेको हो ।

यस्तै बैठकले अफबाह फैलाउनेविरुद्ध कानुनी उपचारमा जान सक्ने गरी प्रदेश समितिलाई अख्तियारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077