Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादी केन्द्रीय समितिको बैठक आज पनि बस्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समितिको चौथो पूर्ण बैठक आज पनि बस्दैछ ।

बैठक शुक्रबार बिहान ११ः०० बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बस्न लागेको हो । बैठकमा केन्द्रीय समिति सदस्यहरूले बोल्नेक्रम जारी छ ।

बैठकमा नेताहरूले भ्रष्टाचारको अन्त्य र सुशासन स्थापित गर्न सरकारले चालेको कदमले जनतामा नयाँ आशा र विश्वास जगाएको जनाएका छन् । माओवादी बैठकमा सरकार सञ्चालन र पार्टी पुनर्निर्माणबारे छलफल भइरहेको छ ।

केन्द्रीय समिति बैठकको दोस्रो दिन बिहीबार ५६ जनाले केन्द्रीय सदस्यले धारणा राखेका थिए । बुधबार पहिलो दिन १८ जनाले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077