Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • गौरीशंकर पहिरो अपडेट : पहिरोमा पुरिएर बालकको मृत्यु

    गौरीशंकर पहिरो अपडेट : पहिरोमा पुरिएर बालकको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, १९ साउन २०८०
  • 582
    SHARES

    दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका–७ टोपाटारमा पहिरोमा पुरिएर एक बालकको मृत्यु भएको छ ।

    स्थानीय यज्ञबहादुर थामाीका १५ महिनाका नाती प्रिन्स थामीको मृत्यु भएको हो । उनको शव पहिरोबाट निकाल्ने प्रयास भइरहेको दोलखा प्रहरीले जनाएको छ ।



    पहिरोमा परी ३ जना बेपत्ता भएका छन् । यस्तै, पहिरोले घर पुरिँदा गौरीशंकर गाउँपालिका–७ मार्वु टोपाटारका कृष्ण मगर, मगरकी श्रीमती देव मगर र हरिलाल श्रेष्ठ बेपत्ता भएका छन् ।



    बिहीबार राति परेको भीषण वर्षाले गौरीशंकर ७र ८ मा ३२ भन्दा बढी घरमा क्षति गरेको छ ।

    बेपत्ताको खोजीका लागि घट्नास्थलमा हेलिकोप्टर पठाइयको छ । उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय खटिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार