Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

क्विन्टल सुन तस्करी प्रकरणमा अनुसन्धानको जिम्मा सीआईबीलाई

काठमाडौं । एक क्विन्टल सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पनि अनुसन्धान गर्ने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सुन तस्करी प्रकरण संगठित अपराध भएकोले त्यसको जरैसम्म पुग्ने गरी सीआईबीमार्फत अनुसन्धान गर्न निर्देशन दिएका हुन् ।

क्विन्टल सुन प्रकरणमा हाल राजस्व अनुसन्धान विभागमार्फत अनुसन्धान जारी छ । गत साउन २ गते भन्सार जाँचपास भएर बाहिरिएको १०० किलो सुन बरामद गरेर राजश्व अनुसन्धान विभागले छानबिन गरिरहेको थियो।

भन्सारले बरामद गरेर अनुसन्धान गरिरहेको १७ दिनपछि सीआईबीले अनुसन्धान गर्ने जिम्मेवारी पाउन लागेको हो।

बिहीवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको संवैधानिक परिषद् बैठकलगत्तै प्रधानमन्त्रीले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, प्रहरी प्रमुख बसन्त कुँवर, सीआइबी प्रमुख किरण बज्राचार्यलयायत अधिकारीसँग छलफल गरेका थिए ।

राजश्व अनुसन्धान विभागले ३ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पार गरेर बाहिरिएको सुनसहितको १५५ किलो 'ब्रेक शु' बरामद गरेको थियो ।

सुन तस्करी प्रकरणमा भन्सारका अधिकृतसहित तीन कर्मचारी, बेल्जियन, भारतीय र चिनियाँ गरी तीन विदेशी नागरिकसहित १८ जना पक्राउ परिसकेका छन् । साउन ३ बाट सुरु यो अनुसन्धान तस्करीका मूल नाइकेसम्म पुग्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077