Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सेवाग्राहीसँग दुई लाख घुस लिने लेखा अधिकृत ढकालविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरङको सुन्दरहरैचा नगरपालिकाका लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले मोरङको सुन्दरहरैचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

ढकालविरुद्ध दुई लाख रुपैयाँ बिगो दाबी गर्दै शुक्रवार विशेष अदालत काठमाडौंमा आरोप(पत्र दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए ।

प्रवक्ता दाहालका अनुसार ढकाललाई नगरपालिका तथा वडा कार्यालयमा भएको मर्मत सम्भार कार्यको भुक्तानी दिने प्रयोजनको लागि सेवाग्राहीसँग दुई लाख घुस लिइरहेको अवस्थामा असार २२ गते पक्राउ गरिएको थियो ।

ढकालले नगरपालिका र वडा कार्यालयमा विद्युतीय उपकरण एवं सोलारको जडान तथा मर्मत कार्यको भुक्तानी प्रयोजनको लागि सेवाग्राहीसँग दुई लाख घुस लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077