Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले वडा नं. १ कमिटीले गरायो वडाको ध्यानाकर्षण, भन्यो - जनताको पहरेदार हुँ भन्ने सम्झनू

अछाम । नेपाल कम्युनिस्ट पार्टी (एमाले) चौरपाटी गाउँपालिका वडा नं. १ वडा कमिटीले वडालाई ध्यानाकर्षण पत्र बुझाएको छ । जनताका सवाल उठाउँदै शुक्रबार एमाले वडा कमिटीले वडाध्यक्ष वीर बहादुर थापालाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

एमाले वडा कमिटीले बुझाएको ध्यानाकर्षण पत्रमा भनिएको छ, ''प्रस्तुत विषय सम्बन्धमा यस चौरपाटी गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० को वडा को विनियोजित बजेटका विभिन्न योजना बनाई कार्य सम्पन्न नै नभएका र केही योजनाहरू प्रयोग विहीन भएको कुरा जनताको जनगुनासोप्रति नेकपा एमाले ध्यानाकर्षण गराउँदछ ।

यसै गरी वडा नम्बर १ को गैरीलेखदेखि पातल, टिम्ले सडक अवरुद्ध भएको एक महिना बितिसक्दा पनि वडा सरकारले कुनै पनि वास्ता गरेको छैन । यसले जनतालाई पर्न गएको असरप्रति ध्यानाकर्षण गराउँदै तत्काल बाटो सुचारु गरिदिन हुन् ध्यानाकर्षण गर्दछौ ।''

यस्तै एमाले वडा कमिटीले जनप्रतिनिधि जनताको जनजीवनको पहरेदार हो भन्ने कुरा अवगत गराएको छ । साथै आम वडावासीलाई समृद्धि बनाउनका लागि अनुरोध गरिएको छ ।

'आर्थिक वर्ष २०७९/८० को वार्षिक योजनाको सर्वदलीय बैठक बोलाई सार्वजनिक सुनाई गराइदिन हुन अनुरोध गर्दछौ,' अध्यक्ष नरबहादुर साउँदद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077