Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

चक्कु प्रहार गरेर श्रीमतीको हत्या

कञ्चनपुर। कञ्चनपुरमा एक जनाले चक्कु प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् ।

दोधारा चाँदनी नगरपालिका-७ को कञ्जभोजकी २२ वर्षीया द्रोपती बुढा क्षेत्रीको चक्कु प्रहार गरेर उनका श्रीमान् ३४ वर्षीय प्रेमबहादुुर बुढा क्षेत्रीले हत्या गरेका हुन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार प्रेमले चक्कु प्रहार गरी गम्भीर घाइते बनाएको अवस्थामा घरबाट उद्धार गरेर प्राथमिक स्वास्थ्य केन्द्र दोधाराचाँदनी पुर्‍याइएका थियो ।

तर, चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । श्रीमतीको हत्या अभियोगमा प्रेमलाई इलाका प्रहरी कार्यालय दोधाराले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077