Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान लाहोरबाट पक्राउ, भ्रष्टाचार मुद्दामा ३ वर्ष कैद

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री एवं पीटीआई पार्टीका प्रमुख इमरान खानलाई ३ वर्ष जेल सजाय भएको छ।

इस्लामावाद ट्रायल कोर्टले शनिबार पिटिआइका अध्यक्ष खानलाई भ्रष्टाचार आरोपमा तीन वर्ष जेल सजाय सुनाएको हो ।

तोशाखाना केसमा उनलाई तीन वर्ष जेलसँगै एक लाख रुपैयाँ जरिवाना पनि तोकिएको छ। खानलाई शनिबार लाहोरस्थित निवासबाट पक्राउ गरिएको पाकिस्तानी संञ्चार माध्यमहरुले जनाएका छन् ।

इस्लामावाद जिल्ला अदालतले शनिबार सरकारमा हुँदा प्राप्त गरेको उपहार बिक्री गर्दा पाएको रकमको जानकारी नगराएको भ्रष्टाचार मुद्दामा तीन वर्ष जेल सजाय र एक लाख रुपैयाँ (पाकिस्तानी रुपैयाँ) जरिवाना हुने फैसला सुनाएको थियो ।

खानले आफू प्रधानमन्त्री हुँदा पाएका उपहारहरू अवैध तरिकाले बेचेको आरोप छ। जसलाई तोशाखाना प्रकरण भन्ने गरिएको छ। यस प्रकरणमा पाकिस्तानको निर्वाचन आयोगले खानविरूद्ध मे १०मा उजुरी दिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077