Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

कुवेरको हत्यामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा ३५ वर्षीय कुवेर दमाईको हत्यामा संलग्न रहेको आरोपमा २ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा मृतकको भतिज नाता पर्ने कृष्णपुर नगरपालिका-२ बस्ने २२ वर्षीय अजय दमाई र भान्जा नाता पर्ने २८ वर्षीय हरिश दमाई रहेका छन् ।

सोमबारदेखि घरबाट हराई बेपत्ता भएका कुवेर दमाईको कृष्णपुर नगरपालिका-२ बाणी बन्द नदीको बगरमा बिहीबार गाडिएको अवस्थामा शव फेला परेको थियो।

सोमबार राति बन्द नदीको बगरमा उनीहरूबीच घरायसी कुरा गर्दै सम्झाई बुझाई गर्ने क्रममा विवाद भएको र विवादको क्रममा कुवेरलाई दुवै जनाले कुटपिट गर्नुका साथै ढुंगा समेत प्रहार गरी हत्या गरी सोही स्थानमा खाडल खनि पुरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुल्न आएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077