Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सुन तस्कारीका नाइकेलाई पक्राउ गर्न माग गर्दै बानेश्वरमा राष्ट्रिय युवा संघको प्रदर्शन

काठमाडौं । सुन तस्करी प्रकरणमा संलग्नलाई सरकारले नै संरक्षण गरेको भन्दै नेकपा एमालेको भातृसंगठन राष्ट्रिय युवा संघ नेपालले विरोध प्रदर्शन गरेको छ । शनिबार राजधानीको बानेश्वरमा संघले प्रदर्शन गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट विभिन्न समयमा टनका टन सुन तस्करी हुँदा पनि राज्यले कुनै कदम नचालेको प्रदर्शनकारीको आरोप छ ।

सुन तस्करी प्रकरणका नाइकेलाई संरक्षण गरेर सरकारले गरिब भरिया र मजदुरलाई मात्र समातेको भन्दै युवा संघले आपत्ति जनाएको छ । सुन तस्कारी प्रकरणको गहिराइसम्म पुग्नका लागि उच्चस्तरीय आयोग बनाउनुपर्ने युवा संघको माग छ ।

पशुचौपायामा लागेको लम्पी स्किन रोगको नियन्त्रणमा ध्यान दिन, सहकारीपीडितको समस्या समाधान गर्न पनि युवा संघले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077