Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सय किलो सुन तस्करीको मुख्य योजनाकार उम्कने खतरा

काठमाडौं । सय किलो सुन तस्करीका मुख्य योजनाकारहरूलाई जोगाउन सरकारी स्तरमै विभिन्न खाले चलखेल भएपछि नागरिक स्तरमा मुख्य दोषी पत्ता लगाउन उच्चस्तरीय जाँचबुझ आयोग गठनको माग हुन थालेको छ ।

सुन तस्करी प्रकरणमा विभिन्न चलखेल हुन थालेपछि यसका मुख्य डिजाइनरहरू उम्कने खतरा बढेको भन्दै नागरिक अगुवा तथा विभिन्न बुद्धिजीवीहरूले जाँचबुझ ऐनअनुसार उच्चस्तरीय न्यायिक आयोग गठन गर्नुपर्ने आवश्यकता औंल्याएका हुन् ।

सरकारले घटनाको दुई सातापछि सो तस्करीको अनुसन्धान गर्ने जिम्मेवारी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो९सीआईबी० लाई दिने निर्णय गरे पनि सत्तारुढ दल तथा सरकारका दबाबका कारण सीआईबीलाई पनि मुख्य योजनाकारसम्म पुग्न कठिन देखिएको छ ।

यसअघि एयरपोर्टको भन्सारबाट पक्राउ गरिएको इलेक्ट्रिक सिगरेट (भेप) भित्र लुकाएर ल्याइएको ९ किलो सुन तस्करी प्रकरणमा सीआईबीले माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा र उनका छोरा राहुलको संलग्नता भएको प्रतिवेदन तयार पारे पनि सरकारको निर्देशनमा उनीहरूलाई मुद्दा दायर नगरी उन्मुक्ति दिइएको थियो । अन्य केहीलाई भने सोही प्रकरणमा मुद्दा दायर गरिएको छ ।

त्यसैले सय किलो सुन तस्करी प्रकरणमा पनि सीआईबीले मुख्य योजनाकारलाई मुद्दा दायर नगरी स–साना भरिया, कामदार र एजेन्टलाई मात्रै मुद्दा दायर गर्न सक्ने खतरा देखिएको छ । नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077