Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रहरी रिपोर्ट आजदेखि अनलाइनमार्फत प्रमाणीकरण गरिने

काठमाडौं । आजदेखि प्रहरी चारित्रिक प्रमाणपत्र (रिपोर्ट) लाई पूर्ण रुपमा अनलाइन माध्यमबाट प्रमाणीकरण गरिँदै छ ।

परराष्ट्रमन्त्री एनपी साउदले आइतबार बिहान ११ बजे काठमाडौंको त्रिपुरेश्वरस्थित कन्सुलर सेवा विभाग पुगेर उक्त सेवाको उद्घाटन गर्न लागेका हुन् ।

अहिलेसम्म नेपाल प्रहरीको बेवसाइटमा अनलाइनबाटै आवेदन लिएर प्रमाणपत्र जारी हुँदै आएको छ । अनलाई प्रमाणीकरण हुने भएपछि रिपोर्ट लिन सेवाग्राही स्वयं उपस्थित हुनु पर्ने बाध्यता अन्त्य हुने विश्वास गरिएको छ ।

राहदानी विभागमा देखिँदै आएको भीडभाड न्यून गर्न र सेवाग्राहीले प्रहरी चारित्रिक प्रमाणपत्रको प्रमाणीकरणका लागि उपस्थित हुनुपर्ने बाध्यता हटाउन यो नियम लागु गर्न लागिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077