Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पदाधिकारी नियुक्तिका लागि संवैधानिक परिषदले खुलायो आवेदन

काठमाडौं । संवैधानिक परिषद्कोले विभिन्न संवैधानिक आयोगमा रिक्त रहेका पदपूर्तिको प्रक्रिया अगाडि बढाएको छ ।

संवैधानिक परिषदले महालेखा परीक्षक, निर्वाचन आयोग आयुक्त, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र मुश्लिम आयोग सदस्यका लागि आवेदन खुला गरेको हो।

परिषद सचिवालयले आइतबार सूचना निकालेर चार पदका लागि आवेदन माग गरेको छ । एकभन्दा बढी पदमा पनि एकै जनाले आवेदन दिन सक्नेछन्।

तर त्यसका लागि छुट्टाछुट्टै फारम भर्नु पर्नेछ। संवैधानिक निकायका पदमा नियुक्त हुन योग्यता पुगेका नेपाली नागरिकहरूले आफ्नो विवरण १५ दिनभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको वेबसाइटमा रहेको फारम भरेर बुझाउनु पर्नेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077