Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

रवि लामिछानेले भने - गाडी परिवर्तन हुन लागेको हो, 'मोबाइल क्लिनिक' चालू छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले छिट्टै २ वटा मोबाइल क्लिनिक सेवा सञ्चालनमा ल्याउने बताएका छन् ।

मोबाइल क्लिनिकका रुपमा सञ्चालनमा ल्याएको पुरानो मेडिकल कलेज भरतपुरको ल्याएको एम्बुलेन्स फिर्ता गरेपछि सभापति लामिछानेले यस्तो बताएका हुन् ।

सभापति लामिछानेले एम्बुलेन्स फिर्ता भएपनि चितवनमा सञ्चालित ‘मोबाइल क्लिनिक’ सेवा जारी रहने बताए ।

सभापति लामिछानेले सामाजिक संञ्जालमा लेखेका छन्,'कठै, मोबाइल क्लिनिकमा हामीलाई प्राप्त गाडी मात्र परिवर्तन हुन लागेको हो। मोबाइल क्लिनिक चालू छ। आज जुगेडी क्षेत्रमा बा आमाको सेवामा हुनेछ। यो रोकिने होईन, छिट्टै २ वटा हुन्छ। ब्लु बसमा पनि कुनै समस्या छैन। मान्छेको पछि लाग्न छोडेर अब गाडिको पछि ?? भोलि टायर पुरानो भनेर लेख्न तयार हुनु होला। हैट हेडलाईन आतंकर ...हैरानी । सक्दैनौं, सक्दै त सक्दैनौ।'

[insert page='239582' display='yopanipadhnuhos.php']

ब्लु बसमा पनि कुनै समस्या नभएको उनको दाबी छ । लामिछालले महिलाहरूका लागि निःशुल्क सञ्चालन गरेको बसको रंग अनुमति नलिई परिवर्तन गरेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077