Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

इमरान खानलाई राखियो पन्जाबको अटोक जेलमा

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई पन्जाबको अटोक जेलमा राखिएको छ।

इस्लामावाद ट्रायल कोर्टले शनिबार तीन वर्ष जेल सजाय सुनाएपछि खानलाई लाहोरस्थित जमान पार्कबाट पक्राउ गरेको थियो।

पक्राउ गरी उनलाई जिल्ला कारागार अटोकमा लगिएको थियो। उनलाई अदालतले तीन वर्ष जेल र एक लाख पाकिस्तानी रुपैयाँ जरिवाना गरेको छ।

खानलाई भिभिआइपी सेलमा राखिएको छ। उनको सेलमा एयरकन्डिसन भने राखिएको छैन। तर फ्यान, बेड र शौचालय पनि भित्रै राखिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077