Online Nepal
  • सोमबार, १२ साउन २०८२
  • इमरान खानलाई राखियो पन्जाबको अटोक जेलमा

    इमरान खानलाई राखियो पन्जाबको अटोक जेलमा

    अनलाइन नेपाल
  • आइतबार, २१ साउन २०८०
  • 1.5K
    SHARES

    एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई पन्जाबको अटोक जेलमा राखिएको छ।

    इस्लामावाद ट्रायल कोर्टले शनिबार तीन वर्ष जेल सजाय सुनाएपछि खानलाई लाहोरस्थित जमान पार्कबाट पक्राउ गरेको थियो।



    पक्राउ गरी उनलाई जिल्ला कारागार अटोकमा लगिएको थियो। उनलाई अदालतले तीन वर्ष जेल र एक लाख पाकिस्तानी रुपैयाँ जरिवाना गरेको छ।

    खानलाई भिभिआइपी सेलमा राखिएको छ। उनको सेलमा एयरकन्डिसन भने राखिएको छैन। तर फ्यान, बेड र शौचालय पनि भित्रै राखिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार