Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

विशिष्ठ व्यक्तिको उपचारका लागि समिति गठन

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अति विशिष्ठ व्यक्ति (भिभिआइपी) र विशिष्ट व्यक्ति (भिआइपी)को स्वास्थ्य उपचारका लागि समिति गठन गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा.डा.भुपेन्द्रकुमार बस्नेतको संयोजकत्वमा मन्त्रिस्तरीय निर्णयअनुसार समिति गठन गरेको हो ।

समितिमा प्रा डा भगवान कोइराला, डा सन्दुक रुइत, डा भोला रिजाल, प्रा.डा.शैली प्रधान, प्रा.डा.रविमान श्रेष्ठ, प्रा.डा.किरणप्रसाद श्रेष्ठ, प्रा.डा.रत्नमणि गजुरेल, प्रा.डा.सुवास आचार्य, प्रा.डा.शशि शर्मा, प्रा.डा. रमेश चाखनी, सह प्रा.डा.ध्रुव गैरे, डा पुकारचन्द्र श्रेष्ठ, डा.महेश अधिकारी र डा अनन्त अधिकार सदस्य रहेका छन् ।

नेपालको स्वास्थ्य संस्थाहरुको गुणस्तर सुधार हुनुका साथै गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह भइरहेको अवस्थामा राज्यको महत्वपूर्ण निकायमा कार्यरत भिभिआइपी र भिआइपीको स्वास्थ्य उपचारमा बर्सेनि ठूलो रकम विदेशमा गइरहेको भन्दै उक्त समिति गठन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077