Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

माओवादी पदाधिकारीहरूको जिम्मेवारी हेरफेर

काठमाडौं। नेकपा माओवादी केन्द्रले पार्टीका पदाधिकारीहरूको जिम्मेवारी हेरफेर गरेको छ ।

दिउँसो १ बजे केन्द्रीय समिति बैठक बस्नुअघि बसेको पदाधिकारी बैठकले पदाधिकारीको जिम्मेवारी हेरफेर गर्ने प्रस्ताव पारित गरेको हो ।

जसअनुसार बागमती प्रदेशको इन्चार्जमा उपमहासचिव जनार्दन शर्मा तोकिएका छन्। अर्का उपमहासचिव वर्षमान पुनलाई विशेष प्रदेशको जिम्मेवारी दिएको छ।

यस्तै सचिव देवेन्द्र पौडेल मधेश प्रदेशका इन्चार्ज भएका छन्। सुदूरपश्चिममा डिलाराम आचार्य, लुम्बिनीमा मातृका यादव, कोशीमा लिलामणि पोखरेल र कर्णाली प्रदेशमा चन्द्रप्रकाश खनाल तोकिएका छन्।

पदाधिकारीको कार्यविभाजनसम्बन्धी प्रस्ताव अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कमिटीको आइतबारको बैठकमा प्रस्ताव गर्दैछन्।

गत साउन १७ गतेदेखि काठमाडौंको कमलादीमा केन्द्रीय कमिटी बैठक जारी छ। अध्यक्ष प्रचण्डले केन्द्रीय सदस्यहरूले उठाएका प्रश्नहरुको जवाफ दिँदैछन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077