Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट, साढे २ अर्ब रुपैयाँको कारोबार

काठमाडौं । साताको पहिलो सेयर कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।

कारोबार सुरु भएदेखि नै घट्न थालेको परिसूचक १.८३ प्रतिशतको गिरावटपछि २०५१ अंकमा आएर रोकिएको हो ।

नेप्से परिसूचक ३८.३७ अंकले घटेर २०५१.४७ विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्डेक्स ७.५२ अंकले घटेर ३९२.०२ विन्दुमा पुगेको छ । आज २६५ कम्पनीको ८० लाख ७ हजार ३६१ कित्ता सेयर २ अर्ब ६८ करोड ७१ लाख ४८ हजार २३४ रुपैयाँमा खरिदबिक्री भयो।

यसदिन ६१ हजार ९१७ पटक सेयर कारोबार भयो। कारोबारमा आएका दुई कम्पनीको मूल्य १० प्रतिशत हाराहारीमा बढ्यो। आईएमई लाइफ इन्स्योरेन्सको ९.९९ र नेपाल रिपब्लिक मिडियाको ९.९८ प्रतिशतले सेयर मूल्य बढ्यो।

प्रोग्रेसिभ फाइनान्सको सेयर मूल्य भने ९.५९ प्रतिशतले ओरालो लाग्यो। कारोबारमा आएका १३ वटै उपसमूहको सूचक भने नकारात्मक देखिएका छन्। फाइनान्स र होटल्स एन्ड टुरिम उपसमूहको सूचक ३ प्रतिशत बढिले घट्यो। आज १९७ कम्पनीको मूल्य घट्दा १८ को मात्रै बढ्यो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077