Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पाकिस्तानको सिन्ध प्रान्तमा रेल दुर्घटना, १५ जनाको मृत्यु

एजेन्सी । पाकिस्तानमा रेल दुर्घटना हुँदा कम्तिमा पनि १५ जनाको मृत्यु भएको छ ।

पाकिस्तानको सिन्ध प्रान्तमा हजारा एक्सप्रेस रेल दुर्घटनामा अहिलेसम्म १५ जनाको मृत्यु भएको हो ।

पाकिस्तान रेल मन्त्रालयका अनुसार ४५ किलोमिटर प्रतिघन्टाको सामान्य गतिमा गुडरहेको रेलका ८ वटा डिब्बा लिगबाट बाहिर गएका छन् ।

रेलका डिब्बामा फसेका यात्रीलाई निकाल्ने क्रम अहिले पनि चलिरहेको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।

घटनास्थलबाट आएका तस्वीर तथा भिडियोमा सयौंको संख्यामा मान्छेहरु दुर्घटनास्थलमा भेला भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077